काठमाडौं, असार – अखिल नेपाल महिला संघ (क्रान्तिकारी) दोलखा–काठमाडौं सम्पर्क समन्वय समितिको दोस्रोसम्मेलन नेकपा (माओवादी केन्द्र) की पूर्व मन्त्री देवी खड्काको प्रमुख आतिथ्यमा भव्यताका साथ सम्पन्न भएकोछ।
सम्मेलनमा पार्टीका नेता बिशाल खडका,शंकर लामा,कमला दोङ लगायत विभिन्न जिम्मेवारीमा रहेका नेताकार्यकर्ताहरू तथा दोलखाली महिला दिदीबहिनीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। यस सम्मेलनले नयाँ२५ सदस्यीय कार्यसमिति चयन गरेको छ।

सम्मेलनबाट मेनुका के.सी.को अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ। समितिको उपाध्यक्षहरूमा सरितासापकोटा, सञ्जि लामा, र स्वस्थानी खड्का चयन भएका छन्। त्यसैगरी, सावित्री अधिकारी सचिव, गायत्रीखड्का सह–सचिव, र शुभद्रा दाहाल कोषाध्यक्षमा चयन भएका छन्।
यस सम्मेलनले दोलखा–काठमाडौं क्षेत्रका महिलाहरूको हकहित र अधिकारका लागि थप सक्रियताका साथकाम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।












