दोलखा, असार – शैलुङ गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को कूल बजेट विनियोजन र खर्च विवरणसार्वजनिक गरेको छ। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सञ्जीव न्यौपानेको अनुसार, यस अवधिमाकुल ६० करोड १३ लाख २१ हजार रुपैयाँको बजेट विनियोजन भएकोमा ४५ करोड ३० लाख २९ हजार २ सय ९०रुपैयाँ १८ पैसा खर्च भएको छ, जुन कूल विनियोजनको ७५.३३ प्रतिशत हो।
सार्वजनिक गरिएको विवरणअनुसार, चालु तर्फ ३६ करोड ६६ लाख ९ हजार ९ सय रुपैयाँ विनियोजन भएकोमा२८ करोड ४६ लाख ४

१७ हजार २ सय ७७ रुपैयाँ खर्च भएको छ, जुन ७८.९१ प्रतिशत हो। त्यसैगरी, पुँजीगत तर्फ २४ करोड ६५ लाख १हजार १ सय रुपैयाँ विनियोजन भएकोमा १६ करोड ८४ लाख १२हजार १२ रुपैयाँ खर्च भएको छ, जुन ७९.९८प्रतिशत हो।
गाउँपालिकाले यो अवधिलाई नीति तथा कार्यक्रम, योजना तथा बजेट निर्माण र कार्यान्वयनमा नेतृत्वदायीभूमिका निर्वाह गर्ने गाउँपालिका अध्यक्षज्यू, उपाध्यक्षज्यू लगायत सम्पूर्ण जनप्रतिनिधिज्यूहरु, कार्यक्रम/योजनानिरन्तर खटदै कार्यक्रम सम्पादन गर्ने सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरु, बजेट तथा कार्यक्रम कार्यान्वयनमा प्रत्यक्षसंलग्न उपभोक्ता समिति, निर्माण व्यवसायी, संघसंस्थाका प्रतिनिधि, विकास साझेदार, जिल्ला स्थितसरोकारवाला सरकारी कार्यालय लगायत सम्पूर्ण गाउँवासी महानुभावहरुमा हार्दिक धन्यवाद व्यक्त गरेको छ।
गाउँपालिकाले बजेट खर्चलाई पारदर्शी बनाउँदै आएको र यसबाट विकास निर्माणका कार्यहरुमा थप गति मिल्ने अपेक्षा गरिएको छ।













