काठमाडौं। तामाङ सेलो संगीतमा स्थापित नाम, गायक बैरागी मोक्तानको नयाँ सेलो गीत ‘च्योर्दुङ खर्कैमा’ सार्वजनिक भएको छ। यो गीत विशेषगरी पहाडी तथा हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायलाई लक्षित गरी तयार पारिएको हो।
गीतमा बैरागी मोक्तानले स्वर मात्र दिएका छैनन्, यसमा संगीत पनि उनैले भरेका छन्। सेलो संगीत क्षेत्रमा पछिल्लो समय एकछत्र राज गरिरहेका मोक्तानले ‘च्योर्दुङ खर्कैमा’ ले पनि दर्शक तथा स्रोताको माया पाउनेमा आशा व्यक्त गरेका छन्।
रामकृष्ण लोको शब्द रचना रहेको यो गीत ‘नेपाल अञ्जना क्रिएसन’ युट्युब च्यानलमार्फत भर्खरै सार्वजनिक गरिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय