धनकुटा ।सहिदभूमि गाउँपालिका-६, थलथलेदेखि ज्वालदेवी, डिहि र बत्तिसे सडक खण्डअन्तर्गत करिब ७ किलोमिटर ग्रामीण सडक सरसफाइ तथा मर्मत कार्य सम्पन्न भएको छ।

माङ्गफिङ्ग टोल विकास समितिको अगुवाइमा श्रमदान मार्फत यो कार्य सम्पन्न गरिएको समाजसेवी केशब राईले जानकारी दिनुभयो।
वर्षायाममा भेलबाढीले पुरिएको कच्ची सडकको माटो हटाउने र सडक वरपरका झारपात तथा झाडी काट्ने लगायतका कार्यहरू गरी यातायात सञ्चालन सहज बनाइएको टोल विकास समितिले जनाएको छ।
उक्त श्रमदान कार्यक्रममा पालिका अध्यक्ष मनोज राई, टोल विकास समितिका सम्पूर्ण सदस्यहरू र स्थानीय जनप्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय