भोजपुर । भोजपुर जिल्लाको रामप्रसादराई गाउँपालिका–२ धोद्लेखानीमा सोमबार बिहान एकै परिवारका चार सदस्यको हत्या भएको छ।

जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार हत्या गर्ने व्यक्तिको नाम राजेन्द्र राई रहेको छ, जो भोजपुर नगरपालिका–२ हेलाैछाका बासिन्दा हुन्। उनी ससुराली आएका बेला परिवारका चार सदस्यको निर्मम हत्या गरेका हुन्।

उनले आफ्ना ससुरा बेलबहादुर गिरी, सासु मनिषा गिरी, पत्नी मनिषा गिरी  र सपना गिरीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

हत्या किन गरिएको हो भन्ने विषयमा अझै स्पष्ट कारण खुलेको छैन। घटनास्थलमा प्रहरीको टोली पुगेर अनुसन्धान जारी राखिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

प्रहरी स्रोतका अनुसार घटनाको थप विवरण संकलन भईरहेको छ र दोषीलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय