धनकुटा — सहिदभूमि गाउँपालिकामा फोहरमैला व्यवस्थापनसम्बन्धी सचेतना तथा अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। विश्रान्ती मिडिया एण्ड रिसर्च सेन्टरको आयोजना तथा सहिदभूमि गाउँपालिकाको सहयोगमा कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रमको सहजीकरण धनकुटा नगरपालिकाका फोहरमैला व्यवस्थापन अधिकृत उपेन्द्र खनालले गर्नुभएको थियो। उहाँले फोहरमैला व्यवस्थापनका प्रभावकारी उपायहरू, वातावरणीय संरक्षण, पुनः प्रयोग र पुनःचक्रणको महत्त्वबारे जानकारी दिनुभएको थियो।

कार्यक्रम सहिदभूमि गाउँपालिका अध्यक्ष मनोज राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। कार्यक्रममा उपाध्यक्ष रत्नश्वरी राई, प्रमुख प्रशासकीय अधिकृत सूर्यबहादुर भण्डारी, वडा अध्यक्षहरू, जनप्रतिनिधि, कर्मचारी तथा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागीहरूले फोहरमैला व्यवस्थापनप्रति जनचेतना अभिवृद्धि गर्न निरन्तर यस्ता कार्यक्रम आवश्यक रहेको बताएका छन्। साथै, गाउँपालिकाभित्र स्वच्छता र वातावरण संरक्षणलाई प्राथमिकतामा राख्दै दीर्घकालीन रणनीति बनाउनुपर्नेमा पनि जोड दिइएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय