पाख्रिबास, धनकुटा: कोशी प्रदेश स्वास्थ्य निर्देशनालय, धनकुटाको आयोजनामा बुधबार पाख्रिबासको पर्यटकीयस्थल तालतलैया ह्याङ आउट रिसोर्टमा स्वास्थ्य प्रवर्द्धनका लागि सञ्चारकर्मीहरूसँग एक अन्तरक्रिया कार्यक्रमसम्पन्न भएको छ।

कार्यक्रममा कोशी प्रदेशभित्रका विभिन्न जिल्लाका पत्रकारहरूको सहभागिता रहेको थियो। यस अन्तरक्रियामास्वास्थ्य निर्देशनालयले वर्षभरि सञ्चालन गरेका गतिविधि, उपलब्धिहरू, कोशी प्रदेशमा स्वास्थ्यसम्बन्धी समस्या, चुनौती, समग्र स्वास्थ्य अवस्थाका विषयमा विस्तृत छलफल भयो।

स्वास्थ्य निर्देशनालयकी जनस्वास्थ्य अधिकृत स्मृति लुइँटेलले स्वास्थ्य नीति, कोशी प्रदेशका अस्पतालहरूकोअवस्था, सहरी स्वास्थ्य केन्द्र, विद्यालय नर्स कार्यक्रमको प्रभावकारिता, स्वास्थ्य क्षेत्रको कानुनी अधिकार तथानीतिगत सुधार, स्वास्थ्यसम्बन्धी नियमित कार्यक्रमहरूबारे प्रतिवेदन प्रस्तुत गरिन्।

कार्यक्रममा पत्रकारहरूले डेङ्गु, मातृ मृत्युदर, लागूऔषध नियन्त्रण, स्वास्थ्य बिमा, स्थानीय तहमा म्यादसकिएका औषधिको खरिद, आयुर्वेदिक स्वास्थ्य केन्द्रप्रतिको जनविश्वासनीयता लगायतका विषयमा जिज्ञासाराखेका थिए। यी जिज्ञासाहरूको जवाफ कोशी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतलेदिए।

कार्यक्रमको सञ्चालन स्वास्थ्य निर्देशनालयका कर्मचारी तुलसीप्रसाद गुरागाईले गरेका थिए। यसैगरी, मनोविदसिर्जना भण्डारीले मनोविकार, विशेषगरी आत्महत्याका विषयमा सहजीकरण गरेकी थिइन्। यस अन्तरक्रियालेस्वास्थ्य क्षेत्रमा सञ्चारकर्मीहरूको भूमिकालाई अझ प्रभावकारी बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय