काठमाडौं, साउन ।दोलखा जिल्लाको शैलुङ गाउँपालिका–१, ३, ६ र ७ नम्बर वडाका नागरिकका लागि काठमाडौँमा विशेष घुम्ती सेवा शिविर सञ्चालन गरिएको छ। साउन १८ गतेदेखि सुरु गरिएको उक्त शिविर भृकुटीमण्डपको समाज कल्याण परिषद्को कार्यलयमा सन्चालनमा आएको हो।

शैलुङ गाउँपालिका अध्यक्ष रिमालबाबु श्रेष्ठका अनुसार काठमाडौँमा बसोबास गरिरहेका शैलुङ्का सबै वडाका नागरिकहरूलाई सहज रुपमा सेवा प्रदान गर्ने उद्देश्यले यो शिविर सञ्चालन गरिएको हो। “दोलखाबाट काठमाडौँमा आइपुगेका नागरिकहरूलाई गाउँ फर्किनु नपरी आवश्यक सेवा उपलब्ध गराउने हाम्रो लक्ष्य हो,” अध्यक्ष श्रेष्ठले जानकारी दिए।

शिविरबाट सामाजिक सुरक्षा भत्ता, नवीकरण, जन्मदर्ता, नागरिकताको सिफारिस लगायत वडाबाट प्रदान गरिने सबै प्रकारका सेवा प्रदान गरिँदैछ। सेवा साउन २३ गतेसम्म सञ्चालन हुने जनाइएको छ।

शिविर सञ्चालनसँगै काठमाडौँस्थित शैलुङका नागरिकहरूले घरमै सेवा पाएको महसुस गरेका छन्। सेवा केन्द्रित, जनमुखी र समयानुकूल यस्तो पहलले स्थानीय तह र नागरिकबीचको सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय