दोलखा । हालै सम्पन्न गुणस्तर मूल्याङ्कन अनुसार दोलखाको शैलुङ गाउँपालिका सबै स्थानीय तहमध्ये उत्कृष्ट ठहरिएको छ। माओवादी केन्द्रका रिमलबाबु श्रेष्ठको नेतृत्वमा रहेको शैलुङले ८०.२५ अंक प्राप्त गर्दै शीर्ष स्थान हासिल गरेको हो।
यसपछाडि कालिञ्चोक गाउँपालिका र जिरी नगरपालिकाले समान ७५.७५ अंकसहित दोस्रो स्थान साझा गरेका छन्। मेलुङ गाउँपालिकाले ७४.७५ अंक प्राप्त गर्दै तेस्रो स्थानमा आफूलाई उभ्याएको छ।
शैलुङ गाउँपालिकाले पछिल्ला वर्षहरूमा विकास, सुशासन र सेवा प्रवाहलाई प्राथमिकता दिँदै आएको छ। गुणस्तर मूल्याङ्कनमा शीर्ष स्थान हासिल गर्नु गाउँपालिकाको उल्लेखनीय उपलब्धि मानिएको छ।












