धनकुटा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) धनकुटाले २६औं स्थापना दिवसको अवसरमा सोमबार धनकुटामा शुभकामना आदानप्रदान तथा “आम सञ्चार विधेयकमा रहेका प्रेस स्वतन्त्रता विरोधी प्रावधान” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

नेपाल पत्रकार महासंघ धनकुटा शाखाको सभाहलमा आयोजित कार्यक्रममा सहभागीहरूले कोशी प्रदेश सरकारले ल्याउन लागेको आम सञ्चार विधेयकमा प्रेस स्वतन्त्रता विरोधी प्रावधान समावेश गरिएको भन्दै तत्काल हटाउन माग गरे। साथै, विधेयकको भाषा सम्बन्धी व्यवस्थामा समेत प्रदेश सरकारले पक्षपात गरेको आरोप लगाए।

कार्यक्रममा फोटो पत्रकार महासंघ धनकुटाका अध्यक्ष कविराज घिमिरे, प्रेस चैतारी धनकुटाका अध्यक्ष नारायण कुमार राई, पत्रकार ब्रह्मलाल हजारी, सरिता बराइली, नगेन्द्र राई, विजय सन्तोषी राई, संजय सन्तोषी राई, सन्तबीर लामा, पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवास लगायतका पत्रकारहरूले शुभकामना दिँदै प्रेस स्वतन्त्रता विरोधी प्रावधान विषयमा धारणा राखेका थिए।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका कोशी प्रदेशका सांसद निरेन राईले आम सञ्चार विधेयकमा रहेका प्रेस स्वतन्त्रता विरोधी प्रावधानलाई सरकारले सच्याउने प्रतिवद्धता जनाउँदै त्यसका लागि आफ्नो तर्फबाट पहल गर्ने आश्वासन दिएका छन्।

फोनिज धनकुटाको आयोजनामा र तामाङ पत्रकार संघ धनकुटाको संयोजनमा सम्पन्न कार्यक्रम फोनिज धनकुटाकी अध्यक्ष मानवी मोक्तानको अध्यक्षतामा सम्पन्न भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय