ललितपुर । निजामति सेवा दिवस २०८२ को अवसरमा शुक्रबार ललितपुरको लगनखेलस्थित बसपार्कमानसर्ने रोगसम्बन्धी स्वास्थ्य परीक्षण शिविर सम्पन्न गरिएको छ। जनस्वास्थ्य कार्यालय ललितपुरकोआयोजनामा एक दिने निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरिएको थियो, जसमा १६०जनाले स्वास्थ्य सेवा लिएका थिए।
कार्यक्रममा सहभागीलाई बीएमआई (बडी मास इन्डेक्स), उच्च रक्तचाप, मधुमेह तथा मृगौलासम्बन्धीपरीक्षण गरिएको थियो। जनस्वास्थ्य कार्यालयका प्रमुख डा. भुवन पौडेलले यस किसिमका शिविरलेरोगको समयमै पहिचान र नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने बताए।

नसर्ने रोग समयमै पत्ता लगाउन सके स्वास्थ्य जोखिम घटाउन सकिन्छ। सार्वजनिक यातायातका चालक, सहचालक र यात्रुलाई लक्षित गरेर हामीले परीक्षण सञ्चालन गरेका हौ डा. पौडेलले भने। उनले यसकिसिमका स्वास्थ्य परीक्षणलाई आगामी दिनमा समुदायस्तरमै निरन्तरता दिने जनाए।
शिविरमा सहभागी ल्याब टेक्निसियन निरीक्षक श्रीभद्र शर्माका अनुसार स्वास्थ्य परीक्षण गराइएका १६०जनामध्ये करिब १८ प्रतिशतमा मधुमेह, १० प्रतिशतमा उच्च रक्तचाप र २५ प्रतिशतमा मोटोपनकोसमस्या पाइएको छ। लामो समय बस्नुपर्ने पेशा र अस्वस्थ जीवनशैलीका कारण चालक र सहचालकमायस्तो समस्या बढी देखिन्छ शर्माले बताए।
कार्यक्रममा रोग पत्ता लागेका सेवाग्राहीलाई तत्काल परामर्श प्रदान गरिएको र दीर्घकालीन रूपमाजीवनशैलीमा सुधार गर्न प्रोत्साहित गरिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ।
जनस्वास्थ्य कार्यालय ललितपुरले नियमित स्वास्थ्य परीक्षण गर्न, सन्तुलित आहार लिन, नियमितव्यायाम गर्ने बानी बसाल्न तथा नसर्ने रोगबाट बच्न सचेत रहन सर्वसाधारणलाई आग्रह गरेको छ।












