२३ भदौ, काठमाडौं । जेनजीको आन्दोलनका क्रममा उत्पन्न तनावपछि काठमाडौंमा कर्फ्यु क्षेत्र विस्तार गरिएको छ । प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका एक प्रदर्शनकारीको सिभिल अस्पतालमा उपचारका क्रममा निधन भएको पुष्टि भएको छ ।

सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार करिब ७० देखि ८० जना घाइते उपचाररत छन् । मृतकको परिचय भने अझै सार्वजनिक गरिएको छैन ।

त्यसैबीच, जिल्ला प्रशासन कार्यालय काठमाडौंले अवस्था नियन्त्रणमा लिन राजधानीका संवेदनशील क्षेत्रहरुमा कर्फ्यु आदेश लागू गरेको छ । यसअघि केवल बानेश्वर–तिनकुने क्षेत्रमा कर्फ्यु लगाइएको भए पनि अब शीतलनिवास, लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालय, नारायणहिटी दरबार संग्रहालय र सिंहदरबार परिसरसम्म कर्फ्यु विस्तार गरिएको हो ।

प्रमुख जिल्ला अधिकारीको आदेशअनुसार आज दिउँसो १ बजेदेखि राति १० बजेसम्म कर्फ्यु लागू हुनेछ । प्रशासनले आम नागरिकलाई कर्फ्यु अवधिमा घर बाहिर ननिस्कन र शान्ति सुरक्षामा सहयोग गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय