
काठमाडौं । नेपालकी प्रधानमन्त्री सुशीला कार्की र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच सोमबार टेलिफोन संवाद भएको छ।
वार्ताका क्रममा भारतीय प्रधानमन्त्री मोदीले कार्कीलाई अन्तरिम सरकारको नेतृत्व गर्दै गरेको कार्यका लागि शुभकामना व्यक्त गर्दै हालै नेपालमा घटेका घटनामा ज्यान गुमाएकाप्रति दुःख प्रकट गरेका छन्। उनले पीडित परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दै नेपालमा शान्ति र स्थायित्व कायम गर्न भारत सधैं साथमा रहने बताएका छन्।
वार्तापछि प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समार्फत सन्देश सार्वजनिक गर्दै नेपालमा शान्ति र स्थायित्वका प्रयासहरूमा भारतको दृढ समर्थन हुने पुनः दोहोर्याएका छन्।
यससँगै उनले नेपालले भोलि मनाउने संविधान दिवसको अवसरमा प्रधानमन्त्री कार्की र सम्पूर्ण नेपाली जनतालाई शुभकामना पनि व्यक्त गरेका छन्।













