ललितपुर। गत भदौ २३ २४ गते भएको जेनजेड आन्दोलनका क्रममा मृत्यु हुनुभएका विनोद महर्जनकोपरिवारलाई नेपाल सरकारबाट प्राप्त १५ लाख रुपैयाँको चेक आज हस्तान्तरण गरिएको छ।

उक्त रकममध्ये १० लाख रुपैयाँ आर्थिक सहायता लाख रुपैयाँ क्रिया तथा अन्य खर्च बापतको रहेको छ।ललितपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले आज ललितपुर महानगरपालिका वडा नं. स्थित मृतकमहर्जनको निवासमा पुगी उहाँकी आमा लतामाया महर्जनलाई चेक हस्तान्तरण गर्नुभएको हो।

चेक हस्तान्तरण कार्यक्रम वडा अध्यक्षको रोहवरमा सम्पन्न भएको थियो। सरकारले आन्दोलनका क्रममा ज्यानगुमाएका महर्जनको परिवारलाई राहत स्वरूप यो रकम उपलब्ध गराएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय