ललितपुर, १३ असोज: नख्खु कारागारले सूचना जारी गर्दै फरार कैदीबन्दीलाई फर्किएर आउन आउन आग्रह गरेको छ ।
मिति २०८२ भाद्र २३ र २४ गते गते जेन जेड पुस्ताको आह्वानमा भएको देशव्यापी प्रदर्शन र आन्दोलनको क्रममा मिति २०८२ भाद्र २४ गते नख्खु, कारागार, ललितपुरमा प्रदर्शनकारीबाट भएको आक्रमण, तोडफोड तथा आगजनी पश्चात फरार रहेका कैदीलाई फर्किएर आउन कारागार प्रशासनले आग्रह गरेको हो।

कारागार प्रमुख सत्यराज जोशीका अनुसार विभिन्न मुद्दामा दोषी ठहर भइ कारागारमा रहेका कैदीबन्दीमध्ये कुल १ हजार २८०कैदीबन्दी फरार रहेकोमा हालसम्म ५ सय ८७ जना फर्किसकेका छन्।
“फरारमध्ये करिव ५० जना देशभरका अन्य कारागारमा रहेको जानकारी प्राप्त भएको छ, करिव ६५१ जना अझै फरार रहेकोमा मिति २०८२ भाद्र २६ गते कारागार कार्यालय, नख्खुबाट फरार भएका सम्पूर्ण कैदीबन्दीलाई फर्की आउन गरिएको सार्वजनिक अपिल र कारागार व्यवस्थापन विभागबाट मिति २०८२/०६/१० गतेको फरार कैदीबन्दी खोजी तथा पक्राउ अभियान सञ्चालन गर्न परिपत्र गरिएको छ।” जोशीले भन्नुभयो।

नख्खु कारागारले फरार भएर फर्किन बाँकी कैदीबन्दीहरु कारागार व्यवस्थापन विभागले तोकेको मिति २०८२ आश्विन २० गते सोमबार सम्म कारागार फर्किएर नआएमा कारागार ऐन, २०७९ लगायत अन्य प्रचलित कानून बमोजिमको कारवाही हुने जानकारी गराएको छ।

कारागारले यस कार्यमा सहयोग गर्नु कैदीबन्दीका परिवारजन, सुरक्षा निकायहरु, स्थानीय तहहरु, सञ्चार माध्यमहरु, सम्बन्धित सरकारी कार्यालयहरु तथा सरोकारवाला सबैमा अनुरोध समेत  गरेको छ ।

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय