धनकुटा । पाख्रीबास नगरपालिका–३ स्थित सिंहदेवी चोक–मुगाखोला बोक्रे सडकखण्डको पहिलो चरणअन्तर्गत ६५० मिटर कालोपत्रे (पिच) कार्य सम्पन्न भएको छ। संघ र नगरको संयुक्त लगानीमा १ करोड ५० लाख रुपैयाँ लागतमा सम्पन्न उक्त परियोजनाको निर्माण कार्य आनंद साइमण्ड जेभी कन्स्ट्रक्सन, धनकुटाले सम्पन्न गरेको हो।

सिंहदेवी चोकदेखि पाख्रीबास कृषि अनुसन्धान केन्द्रको गेटसम्मको सडक पिच कार्य सम्पन्न भएपछि विशेष कार्यक्रममा सो सडकको उद्घाटन गरिएको थियो ।उद्घाटन  पुर्ब मन्त्री  राजेन्द्र कुमार राईले गर्नुभएको हो।

कार्यक्रममा बोल्दै पुर्ब मन्त्री राईले अहिले संविधानमाथि प्रहार गर्ने प्रयासहरू भइरहेको भन्दै त्यसको जनताले प्रतिवाद गर्नुपर्ने धारणा राख्नुभयो। उहाँले विकास निर्माणसँगै संविधानको रक्षा पनि सबैको दायित्व रहेको उल्लेख गर्नुभयो।

सो अवसरमा वडा अध्यक्ष सरोज राई र हरिबहादुर खत्रीले सडकको बाँकी भाग पनि कालोपत्रे गर्न टेन्डर प्रक्रिया अघि बढाउने कार्य भइरहेको जानकारी गराउनुभयो।

कार्यक्रम पाख्रीबास नगरपालिकाका उपमेयर नम्रता गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विज्ञान कोइराला, योजना शाखा प्रमुख, स्थानीय जनप्रतिनिधि तथा बासिन्दाहरूको उपस्थिति रहेको थियो।

उक्त सडक परियोजना गत आर्थिक वर्ष २०८१ पुस २२ गते सम्झौता भएको हो। २०८२ असार १५ गतेसम्म काम सम्पन्न गर्ने लक्ष्य राखिए पनि म्याद थप गरी २०८२ असोज ५ गतेसम्म कालोपत्रे कार्य सम्पन्न गरिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय