काठमाडौं ।नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश समिति सदस्य उपेन्द्र अधिकारीले आफूलाई जनयुग पार्टीसँग जोडेर गरिएको प्रचारप्रति गम्भीर आपत्ति जनाएका छन्। उनले जनयुग पार्टीसँग आफ्नो कुनै पनि प्रकारको सम्बन्ध नरहेको र आफू त्यस पार्टीको सदस्य पनि नभएको स्पष्ट पारेका छन्।
अधिकारीले बताएअनुसार केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा आफूलाई जनयुग पार्टीको केन्द्रीय सदस्यका रूपमा प्रस्तुत गरिएको वा प्रचार गरिएको खबरहरू देखिएपछि आफू अचम्मित भएको बताएका छन्।

उनले भने, “म उक्त पार्टीबारे कुनै जानकारीसमेत राख्दिन, त्यसैले कृपया भ्रममा नपर्नुहोस्।”
उनका अनुसार आफू नेकपा (माओवादी केन्द्र)प्रति पूर्ण निष्ठावान छन् र पार्टीको नीति, कार्यक्रम र विचारका आधारमा निरन्तर सक्रिय रहँदै आएका छन्।
अधिकारीले थपे, “यस्ता प्रचारहरूले कुनै निहित स्वार्थ बोकेको देखिन्छ। म माओवादीमै छु र सधैं पार्टीकैमार्गदर्शनमा क्रियाशील रहनेछु।”












