ललितपुर, ६ कातिक: ललितपुर प्रहरीले पेस्तोल र  चार लाख अठहत्तर हजार नगद सहित एकजनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी एवम् प्रहरी उपरीक्षक चक्र जोशीले दिनुभएको जानकारी अनुसार मिति २०८२/०७/०६ गते विहानको राती अन्दाजी ०२:५० बजेको समयमा खोटाङ जिल्ला साकेला गाउँपालिका ०१ घर भई हाल ललितपुर जिल्ला ललितपुर महानगरपालिका २३ धापाखेल बस्ने बर्ष-२३ को शिव कुमार बिकलाई पेस्तोल र नगद सहित पक्राउ गरिएको हो।
“निजले मादक पदार्थ सेवन गरी होहल्ला गरेको भनि स्थानीयहरुले खबर गर्नुभयो, सो पश्चात तत्कालै प्रहरी प्रभाग धापाखेलबाट खटिएको टोलीले शंकाका आधारमा चेकजाँच गर्दा निजले कम्बरमा भिरेको व्यागमा लुकाई राखेको ५००००४९१नम्बरको म्याग्जिन सहितको गोली नभएको चाइनिज पेस्तोल थान -१, राष्ट्रिय बाणिज्य बैंकको ट्याग भएको नगद चार लाख अठहत्तर हजार रुपैया र आइफोन १ थान  कानून बमोजिम बरामद गरिएको हो, निजलाई तत्काल नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।” उहाँले भन्नुभयो।

प्रहरी उपरीक्षक जोशीका अनुसार उक्त हतियार र नगद गत भदौ २३ र २४ गतेको जेन जेड आन्दोलनका क्रममा लुटिएको आशंका रहेकोले सोही बिषयमा थप अनुसन्धान जारी रहेको छ।—

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय