काठमाडौं । तामाङ साङ्गितिक जगतका पृथक शब्दकार धनराज लामाको ३९औं नम्बरको शब्द रचना समावेश तामाङ ठट्यौली गीत सुन्तला रोटीबा भोलि Donbo Media मार्फत सार्वजनिक हुँदैछ।

यो गीत सनिता स्याङ्तानको चौथो प्रस्तुति हो। गीतमा शब्द धनराज लामा, सङ्गीत साङ्गे लामा, एरेन्ज जिग्मे दोङ, र मिक्सिङ अर्पण थिङको रहेको छ। यस गीतमा स्वर युवा गायक तथा सङ्गीतकार साङ्गे लामा र सुमिना लो ले दिएका छन्।

गीतले प्रेम सम्बन्धमा भएको बिछोड र सामाजिक यथार्थलाई ठट्यौली शैलीमा प्रस्तुत गरेको छ। गीतको कथा अनुसार, पहिले प्रेम गाँसेकी युवती पछि आफ्नो श्रीमानसँग घरजाम गएपछि, ऊसकी बहिनी र पुरानो प्रेमीबीच माया सम्बन्ध बन्न पुग्ने परिस्थितिलाई प्रस्तुत गरिएको छ।

सङ्गीत, शब्द र कथा सबै पक्षमा पृथक स्वाद दिने अपेक्षा गरिएको यो गीत तामाङ ठट्यौली शैलीमा तयार पारिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय