काठमाडौं । तामाङ साङ्गितिक क्षेत्रमा पृथक पहिचान बनाएका चर्चित शब्दकार धनराज लामाको ३९औं शब्द रचना समावेश तामाङ ठट्यौली गीत ‘सुन्तला रोटीबा–२’ Donbo Media युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

सनिता स्याङ्तानको चौथो प्रस्तुति रहेको गीतमा शब्द धनराज लामाको, सङ्गीत साङ्गे लामाको, एरेन्ज जिग्मे दोङको र मिक्सिङ अर्पण थिङले गरेका छन्। यस गीतमा स्वर युवा गायक तथा सङ्गीतकार साङ्गे लामा र गायिका सुमिना लो ले दिएका छन्।

गीतले प्रेम सम्बन्धमा हुने बिछोड र सामाजिक यथार्थलाई ठट्यौली शैलीमा प्रस्तुत गरेको छ। कथानक अनुसार, पहिले प्रेम गाँसेकी युवती पछि श्रीमानसँग घरजाम गएपछि, ऊसकी बहिनी र पुरानो प्रेमीबीच माया सम्बन्ध बन्न पुग्ने प्रसङ्गलाई रमाइला शब्द र लयमार्फत चित्रण गरिएको छ।

सङ्गीतकर्मी धनराज लामा र साङ्गे लामाको सहकार्यमा बनेको ‘सुन्तला रोटीबा–२’ गीतले तामाङ सांगीतिक क्षेत्रलाई नयाँ स्वाद र मनोरञ्जन दिने विश्वास लिइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय