ललितपुर, कार्तिक १३ — ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईज्यू र नेपाल पत्रकार महासङ्घका पत्रकारहरूबीच आज ललितपुरमा भेटघाट तथा समसामयिक विषयमा छलफल सम्पन्न भएको छ।

कार्यक्रममा प्रशासन र सञ्चार माध्यमबीचको समन्वय, सुशासन प्रवर्द्धन, र जनसेवामा पारदर्शिता कायम गर्ने विषयमा विचार विमर्श गरिएको थियो।

प्रमुख जिल्ला अधिकारी भट्टराईले पत्रकारहरू समाजका सचेतक हुन् भन्दै सत्य, निष्पक्ष र जिम्मेवार पत्रकारिताको माध्यमबाट प्रशासन र जनताबीचको पुलको भूमिकामा रहन आग्रह गर्नुभयो।

त्यसैगरी सहभागी पत्रकारहरूले प्रशासनका गतिविधि र जनचासोका विषयमा समयमै जानकारी उपलब्ध गराउन आग्रह गर्दै प्रशासन–सञ्चार सहकार्य अझ सुदृढ बनाउन सुझाव दिएका थिए      

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय