न्यूयोर्क, अमेरिका — ३४ वर्षीय जोहरान ममदानीले संसारको आर्थिक राजधानी मानिने न्यूयोर्कको मेयरका रूपमा ऐतिहासिक विजय हासिल गरेपछि विश्वभर उनको चर्चा चुलिएको छ। चुनाव जितेपछि उनले एउटा नेपाली रेस्टुरेन्टमा पुगेर मःम (डम्प्लिङ्स) र दूध चिया स्वाद लिए।
पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ममदानीलाई पराजित गर्न अनेक प्रयास गरे पनि उनले पहिलो चरणमै जित हासिल गरे। उनी न्यूयोर्क सहरका मेयर बन्न सफल भएका लोकप्रिय युवा नेतामध्ये एक बनेका छन्। साथै उनी सहरको इतिहासमा पहिलो मुस्लिम र दक्षिण एशियाली मूलका मेयर पनि बनेका छन्।
चुनाव जितेपछि ममदानी लञ्चका लागि ज्याक्सन हाइट्सस्थित नेपाली रेस्टुरेन्ट पुगे। बुधबार उनले त्यहाँको प्रसिद्ध नेपाली रेस्टुरेन्ट लालिगुरास बिस्ट्रोमा लञ्च गरे र उक्त भेटबारे उनले आफ्नै सामाजिक सञ्जाल एक्स (पहिले ट्विटर) मा जानकारी साझा गरे।
त्यहाँ उनले मःम, चाउमिन, आलु र दूध चिया खानाका रूपमा आनंद लिएको देखियो। उनले आफ्नो भोजनका केही तस्वीरहरू एक्समा पोस्ट गर्दै लेखे — बिहानदेखि नै निरन्तर अन्तर्वार्ता र बैठकहरूमा व्यस्त रहे पनि उनले भोलिपछि सबै विषयबारे थप कुरा गर्ने बताएका छन्। उनले लेखे कि दिनको विशेष क्षण भनेको आफ्नो कङ्ग्रेसवुमन अलेक्जान्ड्रिया ओकासियो-कोर्टेज (AOC) सँग लालिगुरास बिस्ट्रोमा लञ्च गर्नु हो।
ममदानीले एक्समा लेखेः
“मेयरको रूपमा निर्वाचित भएको पहिलो दिन बिहानैदेखि अन्तर्वार्ता, बैठक र तयारीमा व्यस्त बित्यो। तर मेरी कङ्ग्रेसवुमन अलेक्जान्ड्रिया ओकासियो-कोर्टेज (AOC) सँगको लञ्च एक विशेष पल रह्यो।”
ज्याक्सन हाइट्स न्यूयोर्क सहरको सबैभन्दा बहुसांस्कृतिक क्षेत्रमध्ये एक हो, जहाँ नेपाली, भारतीय, बंगलादेशी, पाकिस्तानी र अन्य दक्षिण एशियाली समुदायका मानिसहरू बसोबास गर्छन्। त्यहाँका नेपाली रेस्टुरेन्टहरू स्थानीय बासिन्दा र पाहुनाहरूबीच निकै लोकप्रिय छन्।












