काठमान्डौ-   सिमारा बजार क्षेत्रमा जारी निषेधाज्ञा उल्लंघन गर्दै ठूलो संख्यामा युवा सडकमा निस्किएपछि मंगलबार दिउँसो परिस्थिति एकाएक तनावपूर्ण बन्यो। एमाले कार्यकर्ता र ‘जेन–जेड’ युवाबीच उत्पन्न विवादपछि प्रशासनले बजार क्षेत्र, गण्डक नहर र विमानस्थल वरपर ५०० मिटर क्षेत्रलाई जोखिम मान्दै निषेधाज्ञा लागू गरेको थियो।

तर, शान्तिपूर्ण प्रदर्शनका लागि विमानस्थलतर्फ जाँदै गरेका युवामाथि झडप सुरु भएपछि स्थिति थप चर्किएको सुरक्षा निकायले जनाएको छ। युवाहरूले नाराबाजीसँगै ढुंगा–बोतल प्रहार गरेपछि प्रहरी तैनाथी बढाइएर क्षेत्रलाई नियन्त्रणमा लिने प्रयास जारी छ।

घटनाको केन्द्रबिन्दु तब बनेको थियो जब एमाले नेताहरू महेश बस्नेत र शंकर पोखरेल सिमरा आउने खबर सार्वजनिक भयो। यसअघि Gen-Z समूहका युवामाथि एमाले कार्यकर्ताद्वारा हातपात र आक्रमण प्रयास भएको दाबीसँगै सयौँ युवा विरोधमा सडकमा उत्रिएका थिए।

विमानस्थल क्षेत्र तनावग्रस्त भएपछि बुद्ध एयरको सिमरा गन्तव्य रहेको उडान अवतरण नगरी पुनः काठमाडौं फर्किएको एयरलाइन्स स्रोतले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय