काठमाडौं । तामाङ सांगीतिक क्षेत्रमा स्थापित शब्दकार धनराज लामाको ४१औँ शब्दरचना तथा सह–रचना सुरज वाइबाको समावेश भएको तामाङ ठट्याउली गीत ‘क्युङ्बा कालाङ्सी–२’ Sagun Media मार्फत चाँडै सार्वजनिक हुने भएको छ।
गीतमा संगीत धनराज लामाकै रहेको छ भने एरेन्ज जोगलाल लामाले गरेका छन्। गीतमा युवा गायक तथा संगीतकार रिजन थिङ लामा र जितु लोप्चनको स्वर रहेको छ। ध्वनि समिश्रण अर्पण थिङले गरेका छन्। गीतको पोस्ट डिजाइन Donbo Media ले तयार पारेको हो।यस गीतमा रोशनी भोम्जनको पहिलो प्रस्तुति रहेको जनाएको छ।

‘क्युङ्बा कालाङ्सी–२’ मा पहिलो भागमा कन्या र विवाहित छुट्याउन नसकिएको कारण माया गास्ने कि नगास्ने भन्ने दुविधा देखाइएको थियो। यसपटक भने अर्काको भइसकेको थाहा पाए पनि ‘भूतपूर्व माया’ भन्दै फकाउने, तर अन्ततः “मेरो घरबार भइसकेको छ, मेरो पछि लाग्नु हुँदैन, अब बहिनीको पालो हो” भन्ने खुला कथासहितको यथार्थ प्रस्तुत गरिएको छ।
गीत छिट्टै सार्वजनिक हुने तयारी अन्तिम चरणमा पुगेको छ।












