काठमाडौँ — धनगढीमा नेकपा एमालेका नेता महेश बस्नेतको आगमनलाई लक्ष्य गर्दै जेन-जी समूहले आयोजना गरेको शान्तिपूर्ण विरोध कार्यक्रम तनावग्रस्त बनेको छ । बस्नेत आइपुगेपछि युवा संघ नेपालसँग नजिक मानिने कार्यकर्ताहरूले जेन-जीमाथि आक्रमण गरेका हुन् ।

बस्नेत धनगढी पुग्ने जानकारी सार्वजनिक भएपछि जेन-जी समूहका युवाहरू हातमा प्लेकार्डसहित सडक छेउमा शान्तिपूर्ण रूपमा उभिएर विरोध जनाइरहेका थिए। सम्भावित विवादको आकस्मिकता देखेर सुरक्षाकर्मीहरूले जेन-जी समूहलाई घेराबन्दी गर्दै सडक पेटीमा राखेको थियो । सो क्रममा मुख्य सडक तुलनात्मक रूपमा खाली देखिएको थियो ।

यता बस्नेतको स्वागतमा मोटरसाइकलको लस्करसहित जुलुस निकाल्दै आएका युवा संघका कार्यकर्ताहरू सुरक्षाकर्मीको घेरा तोडेर जेन-जी समूहतर्फ धकेलिए र आक्रमणमा उत्रिएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

प्रहरी स्रोतका अनुसार युवा संघका कार्यकर्ताहरूले जेन-जीका प्रदर्शनकारीहरूलाई हातपात गर्दै लखेटेका थिए। आक्रमणका क्रममा जेन-जी समूहकी सरिता जोशीलगायत केही युवाहरू घाइते भएकाले थप उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा पुर्‍याइएको प्रहरीले जनाएको छ।

घटनापछि क्षेत्रीत तनाव अझै कायमै रहेको र थप अप्रिय स्थिति नबढोस् भनेर सुरक्षा व्यवस्था कडाइसाथ मिलाइएको बताइएको छ।

News By – Vishu Gurung ( FNJ Lalitpur Member)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय