धनकुटा । किरात राई समुदायको महान पर्व ‘उधौली’ धनकुटामा यस वर्ष पनि उत्साहपूर्वक  भव्य रूपमा मनाइएको छ। किरात राई यायोक्खा जिल्ला कार्य समितिको आयोजनामा गरिएको हो।

उधौली पर्वको अवसरमा समुदायले पितृ तथा प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्दै परम्परागत विधिअनुसार पूजा–अर्चना गरेका थिए। कार्यक्रममा अध्यक्ष उद्ववमणी राई तथा प्रमुख अतिथि अस्मिका राईको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले शुभकामना व्यक्त गर्दै किरात राईहरूको संस्कार, संस्कृति र पहिचान जोगाउन उधौली जस्ता पर्वको महत्वपूर्ण भूमिका रहने बताएका थिए।

साकेला नृत्य, सांस्कृतिक झाँकी तथा समुदायको सहभागिताले कार्यक्रमलाई झनै आकर्षक बनाएको आयोजकले जानकारी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय