काठमाडौं, पुस ६ । तामाङ साङ्गितिक जगतका पृथक शब्दकार धनराज लामाको ४३औँ शब्द रचनामा आधारित तामाङ फापरे गीत ‘ह्याङ्ला शान’ भिडियोसहित सार्वजनिक हुने भएको छ। उक्त गीत Moktan Digital युटुब च्यानल मार्फत सोमबार दर्शक तथा स्रोतामाझ ल्याइने तयारी गरिएको छ।

गीतमा शब्द रचना धनराज लामाले गरेका हुन् भने संगीत गायक तथा संगीतकार फुलकुमार भोम्जनको रहेको छ। गीतको एरेन्ज, ध्वनि मिश्रण तथा रेकर्डिङ अर्पण थिङले गरेका हुन्। पुरुष स्वरमा फुलकुमार भोम्जन र मार्मिक लामा तथा महिला स्वरमा अश्मिता रुम्बा र रेश्मा भोम्जनको आवाज रहेको छ। शम्भु मोक्तनको प्रस्तुति रहेको गीत अर्पण स्टुडियो, बौद्धमा रेकर्ड गरिएको हो।

भिडियो पक्षमा निर्देशन प्रतीक ङ्यासुरले गरेका छन्। भिडियोमा तामाङ चलचित्रका महानायक अमिर दोङसहित सचिता लोप्चन, बुद्धि भोम्जन, अम्बिका तामाङ, कुईसाङ रुम्बा, सुभी लोप्चन र लखन आले मगरको अभिनय देख्न सकिनेछ। मुवा सपना लम्सालले गरेका हुन् भने सम्पादन त्रिलोक लामाले गरेका छन्। ड्रोन छायांकन सेन्साई पेमा वाइबाले गरेका हुन्।

गीतको भिडियो चितवनको भण्डारा–पेरीडाब क्षेत्रमा छायांकन गरिएको हो।

‘ह्याङ्ला शान’ गीतमार्फत तामाङ समुदायको पुरानो इतिहास, परम्परा, संस्कार र संस्कृति समयसँगै हराउँदै गएको यथार्थलाई उजागर गरिएको छ। गीतले सकेसम्म आफ्नो मौलिक संस्कार र संस्कृति जोगाउनुपर्ने सन्देश प्रस्तुत गर्ने प्रयास गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय