येशु ख्रीष्टको जन्मोत्सव ‘क्रिसमस’ आज क्रिश्चियन धर्मावलम्बीहरूले मात्र नभई विश्वका धेरै देशले मनाउँदैछन्

ईसापूर्व लगभग दुई हजार २५ वर्षअघि इजरायलको बेथलेहेममा जन्मिएका येशु ख्रीष्टलाई पवित्र आत्माबाट गर्भवती भई जन्मिएको विश्वास छ। क्रिश्चियन धर्मावलम्बीहरूको विश्वास अनुसार येशु ख्रीष्टले मानवता प्रतिको प्रेम, शान्ति स्थापना र मुक्ति प्रदान गर्न आउनुभएको थियो। यही कारणले आजको दिन प्रेम दिवस, शान्ति दिवस र मुक्ति दिवसका रूपमा मनाइन्छ।

आज क्रिसमस केवल धर्मविशेषको मात्र नभई विश्वव्यापी पर्व पनि बनेको छ। पश्चिम र युरोपका देशहरूमा त यसलाई सार्वजनिक बिदा मानिन्छ, र पछिल्लो समयमा मध्यपूर्वका केही देशहरूमा पनि क्रिसमस मनाउने चलन बढेको छ।

नेपालमा क्रिसमस महोत्सवको सुरुवात २०६३ सालदेखि भएको हो। २०७५–२०७७ सालसम्म क्रिश्चियन धर्मावलम्बीका लागि मात्र बिदा दिइन्थ्यो भने २०७८ सालदेखि सबैका लागि सार्वजनिक बिदा घोषणा गरिएको छ। मुख्य सहरहरूमा क्रिसमसको अवसरमा सजावट र कार्यक्रमहरू विशेष गरी ठमेल, बौद्ध, पोखरा, सौराहालगायत पर्यटकीय क्षेत्रमा बढ्दो देखिन्छ।

महासङ्घका अनुसार नेपालमा हाल करिब ३० लाख क्रिश्चियन धर्मावलम्बी र १३ हजारभन्दा बढी चर्च छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय