दोलखा । नेपाली कम्युनिस्ट पार्टी शैलुङ गाउँपालिकाको आज बसेको बैठकबाट ५१ सदस्यीय पालिका स्तरीय निर्वाचन परिचालन समिति गठन गरिएको छ।

गठन गरिएको समितिको संयोजकमा भुवसिंह थापा सहसंयोजकमा जितकुमार तामाङ, निलाकुमार श्रेष्ठ, नारायण विक्रम कार्की  र कृष्णप्रसाद ढुङ्गेल छन्।

बैठकले आगामी निर्वाचनलाई प्रभावकारी रूपमा परिचालन गर्ने उद्देश्यसहित उक्त समिति गठन गरेको जनाएको छ। समितिले संगठन विस्तार, जनसम्पर्क तथा निर्वाचन तयारीका सम्पूर्ण कामलाई व्यवस्थित रूपमा अघि बढाउने निर्णय गरेको छ।

यसैबीच, आगामी फागुन २१ गते हुने निर्वाचनका लागि दोलखाबाट नेपाली कम्युनिस्ट पार्टीका युवानेता विशाल खड्का प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेको छ।

बैठकमा सहभागी नेताहरूले पार्टीको नीति, कार्यक्रम र एजेन्डालाई जनतासमक्ष लैजाने तथा निर्वाचनलाई सफल बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय