काठमान्डौ/२८/ जनवरी– नेपाल र चीनबीच २० वर्षपछि काठमाडौं–ल्हासा प्रत्यक्ष बस सेवा पुनः सुरु गर्ने औपचारिक सहमति भएको छ। करिब १,००० किलोमिटर लामो यो मार्ग तातोपानी नाका हुँदै सञ्चालन हुनेछ र यात्राको समय करिब २०–२२ घण्टा लाग्ने अनुमान गरिएको छ।
यस सेवालाई सहज बनाउन भिसा प्रक्रिया सरल बनाउने र नेपाली पक्षको सडक अवस्था सुधार गर्ने तयारी भइरहेको छ।
यो महत्वपूर्ण सहमतिसँगै व्यापार, लगानी तथा पूर्वाधार परियोजनाहरू सम्बन्धी विषयमा पनि छलफल भएको छ, जसले नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।
समाचारदाता – विशु गुरुड ( सदस्य नेपाल पत्रकार महासंघ ललितपुर)












