विराटनगर , माघ१५ /राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय, कोशी प्रदेश सरकार तथा सम्बन्धित प्रदेशस्तरीय समितिहरूको संयुक्त आयोजनामा प्रदेशको वर्तमान सुरक्षा अवस्था, सम्भावित सुरक्षा चुनौती र आगामी दिनमा अपनाउनुपर्ने रणनीतिका विषयमा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय इन्द्रामणि पराजुली ज्यूले निर्वाचन सुरक्षालाई विशेष ध्यानमा राख्दै एकीकृत सुरक्षा नीतिअनुसार सबै सुरक्षा निकायहरूले आपसी समन्वय, सहकार्य र समानात्मक रूपमा कार्य गर्नुपर्नेमा जोड दिनुभयो।

मन्त्री पराजुली ज्यूले शान्ति, सुरक्षा र स्थायित्व कायम गर्न सुरक्षा निकायबीच सूचना आदान–प्रदान, संयुक्त योजना निर्माण तथा प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको उल्लेख गर्नुभयो। उहाँले प्रदेशमा शान्तिपूर्ण वातावरण सुनिश्चित गर्दै लोकतान्त्रिक प्रक्रियालाई मजबुत बनाउनु सबैको साझा दायित्व भएको स्पष्ट पार्नुभयो।












