ललितपुर/ २५ माघ, नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदनबहादुर अमात्यले देशको सबै माहोललाई नेतृत्व गर्नसक्ने, सही दिशा दिन सक्ने नेपाली कांग्रेस मात्रै हो भन्नुभएको छ।
नेपाली कांग्रेस ललितपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ३ द्वारा आयोजित ललितपुर महानगरको वडा नं. २६ र २७ सुनाकोठीको क्रियाशील भेला तथा निर्वाचन परिचालन समितिको वैठकलाई सम्बोधन गर्नुहुँदै केन्द्रीय सदस्य अमात्यले अहिलेको अवस्थामा नेपाली कांग्रेसले जित्नु अनिवार्य छ भन्दै देशको सबै माहोललाई नेतृत्व गर्नसक्ने, सही दिशा दिन सक्ने नेपाली कांग्रेस मात्रै हो भन्नुभएको हो।
“उम्मेदवार को व्यक्ति छ भन्ने धेरै चिन्ता हामीलाई छैन, हामीले रुखलाई जिताउने हो, रुख जिते हामी सबै जित्छौं, रुखले हार्दा हामी सबै हार्छौं।” उहाँले भन्नुभयो।
ललितपुर क्षेत्र नं. ३ मा नेपाली कांग्रेस ललितपुरका सभापति जितेन्द्र कुमार श्रेष्ठ उम्मेदवार हुनुहुन्छ । निष्कलंक व्यक्तित्व, इमानदार छवि र हक्की स्वभाव भएका श्रेष्ठ तर्कशील,क्षमतावान राजनीतिज्ञ हुनुहुन्छ।












