धनकुटा, माघ २५ ,
धनकुटाको पाख्रीबास नगरपालिका–९ स्थित उत्तरपानी धर्मशाला सामुदायिक होमस्टेको पहिलो ऐतिहासिक साधारण सभा आइतबार भव्य रूपमा सम्पन्न भएको छ। स्थानीय पर्यटन प्रवर्द्धन तथा ग्रामीण अर्थतन्त्र सुदृढीकरण गर्ने उद्देश्यसहित आयोजित सभाले होमस्टेको संस्थागत विकासका लागि महत्वपूर्ण निर्णयहरू समेत गरेको छ। सभा संस्थाका अध्यक्ष रेबिका तामाङको अध्यक्षतामा सञ्चालन भएको थियोे । सभामा वडा अध्यक्ष सम्झना आलेको प्रमुख आतिथ्यतामा स्थानीय समाजसेवी हरिलाल मोक्तानलाई विशेष सम्मान प्रदान गरिएको छ। मोक्तानले होमस्टे क्षेत्रभित्र पर्यटक आकर्षित गर्ने उद्देश्यले पार्क तथा सास्कृतिक भवन र्माणका लागि १ रोपनी जग्गा निःशुल्क दान गर्नुभएको थियो। उहाँको यो नि:स्वार्थ योगदानको उच्च कदर गर्दै समितिले सम्मानपत्र प्रदान गर्नुका साथै दोसल्ला ओढाएर भव्य रूपमा सम्मान गरेको हो।

i
कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै लिसुबू कृषि सहकारीका अध्यक्ष बलेन्द्र ठाडा मगर, लिसुम्बु युवा क्लबका भिम बहादुर आले, तथा वडा सदस्य पहलमान घिसिङले सामुदायिक होमस्टेको विकास र प्रवर्द्धनमा सबैको साथ र सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
हाल उत्तरपानी धर्मशाला सामुदायिक होमस्टेमा १७ वटा घरहरू आबद्ध भई पाहुनाको स्वागत तथा सेवा सत्कारमा सक्रिय छन्। समितिले आगामी दिनमा होमस्टेलाई अझ व्यवस्थित, पर्यटकमैत्री र गुणस्तरीय बनाउँदै स्थानीय पर्यटनलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य लिएको जनाएको छ।
कार्यक्रमको सञ्चालन उपाध्यक्ष मानवी मोक्तानले गर्नुभएको थियो।

उक्त साधारणसभाले समितिको अध्यक्षमा दिलु तामाङ चयन गरिएको छ । उपाध्यक्ष राम ज्वती याेञ्जन, सचिव पहलमान घिसिङ , काेषाध्यक्ष देवी माया माेक्तान रहेकाछन् , यस्तै समितिकाे ४ पदाधिकारी सहित सबै सदस्य गरि १७ सदस्य कायम गरि नयाँ समिति गठन गरिएकाे हाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय