काठमाडौं /तामाङ सांगीतिक क्षेत्रमा सक्रिय पृथक शैलीका शब्दकार धनराज लामाको ४५ औँ शब्द रचनामा आधारित तामाङ ठट्यौली दोहोरी गीत ‘फाई हाङ्सु’ सार्वजनिक भएको छ।

मंगलबार आयोजित एक कार्यक्रमबीच गायक तथा संगीतकार अर्पण थिङ तामाङको आधिकारिक युट्युब च्यानलमार्फत उक्त गीत सार्वजनिक गरिएको हो।

गीतमा शब्द रचना धनराज लामाको रहेको छ भने संगीत, संगीत संयोजन तथा प्रस्तुति गायक तथा संगीतकार अर्पण थिङ तामाङकै रहेको छ। गीतमा अर्पण थिङ तामाङसँगै महिला स्वरमा गायिका अश्मिता रुम्बाले साथ दिएकी छन्।

गीतको ध्वनि मिश्रण (मिक्सिङ) समेत अर्पण थिङ तामाङले नै गरेका हुन्। यस गीतका निर्माता पनि अर्पण थिङ तामाङ नै रहेका छन्। गीतको रेकर्डिङ काठमाडौँको बौद्धस्थित अर्पण स्टुडियोमा गरिएको हो।

तामाङ समुदायको ठट्यौली शैली झल्किने यो दोहोरी गीतले दर्शक तथा श्रोतामाझ राम्रो प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय