काठमाडौं । पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजतालाई ध्यानमा राख्दै सरकारले सातामा दुई दिन बिदा दिने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

उनका अनुसार यो व्यवस्था २०८२ चैत २३ गतेदेखि लागू हुनेछ। साथै, कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गरिएको छ।

यस्तै, आगामी शैक्षिक सत्र वैशाख १५ गतेदेखि सुरु गर्ने निर्णय पनि बैठकले गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय