काठमाडौँ । तामाङ साङ्गीतिक क्षेत्रमा पृथक पहिचान बनाउन सफल शब्दकार धनराज लामाको ४६औँ शब्द रचनामा आधारित नेपाली ठट्यौली दोहोरी गीत “चट्ट जिउडाल” सार्वजनिक भएको छ। उक्त गीत Donbo Media को आधिकारिक युट्युब च्यानलमार्फत दर्शकमाझ ल्याइएको हो।

गीतमा शब्द तथा सङ्गीत स्वयं धनराज लामाकै रहेको छ भने सङ्गीत संयोजन बिशन मानान्धरले गरेका छन्। यस गीतमा स्वर धनराज लामा र चर्चित लोक गायिका यमुना कार्कीको रहेको छ, जसले गीतलाई अझ आकर्षक बनाएको छ।

त्यस्तै, गीतको ध्वनि मिश्रण पनि बिशन मानान्धरकै रहेको छ भने रेकर्डिङ बिक्रम थापाले गरेका हुन्। गीतको प्रोड्युसर दिलमाया मोक्तान छन्।

उक्त गीत हार्मोनिक रेकर्ड स्टुडियोमा रेकर्ड गरिएको हो। ठट्यौली शैलीमा तयार गरिएको यस गीतले दर्शक तथा श्रोतामाझ राम्रो प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय