काभ्रे ,बैसाख २ । तामाङ साङ्गितिक क्षेत्रका पृथक पहिचान बनाएका शब्दकार धनराज लामाको ४८औँ शब्द रचनामा तामाङ सेलो ठट्यौली दोहोरी गीत “थिङ राजाको सन्तान” सार्वजनिक हुने भएको छ। उक्त गीत Sanjiv Ghising को अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक हुन लागेको हो।
गीतमा शब्द तथा लय/सङ्गीत स्वयं धनराज लामाकै रहेको छ भने सङ्गीत संयोजन जोगलाल लामाले गरेका छन्। स्वरमा चर्चित सेलो गायक सन्जिब घिसिङसँगै गायिका जितु लोप्चनले साथ दिएकी छन्। ध्वनि मिश्रण दिपेश प्रधानले गरेका हुन् भने प्रोड्युसरका रूपमा विशाल थिङ, जेम्स थिङ र भिम थिङ रहेका छन्। गीत Sargam Recording Studio मा रेकर्ड गरिएको हो।

गीतको कथा दुई युवा–युवतीबीचको रमाइलो दोहोरी संवादमा आधारित रहेको छ। घम्साघम्सी शैलीमा अघि बढ्ने कथामा अन्त्यतिर केटाले जति फकाए पनि आफ्नो अपेक्षा अनुसारको जीवनसाथी नभएपछि केटीले विवाह नगर्ने निर्णय गर्ने सन्देश प्रस्तुत गरिएको छ।
तामाङ समुदायको मौलिकता र समसामयिक भावनालाई समेटिएको यस गीतले दर्शक तथा श्रोतामाझ राम्रो प्रतिक्रिया पाउने अपेक्षा गरिएको छ।












