
काठमाडौँ: गृहमन्त्री सुदन गुरुङले पदबाट राजीनामा दिएका छन् भने प्रधानमन्त्री बालेन्द्र शाहले हालका लागि गृहमन्त्रालयको जिम्मेवारी स्वयं सम्हालेका छन्।
शेयर लगानी तथा व्यवसायिक सम्बन्धसम्बन्धी विवाद चुलिएपछि गुरुङले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिएका हुन्।
गुरुङको राजीनामापछि उत्पन्न परिस्थितिमा मन्त्रालयको नेतृत्व खाली हुन नदिन प्रधानमन्त्री शाहले अस्थायी रूपमा जिम्मेवारी लिएका हुन्। उनले गृहमन्त्रालयअन्तर्गतका महत्वपूर्ण कामहरू निरन्तर अघि बढाइने र सुरक्षा तथा प्रशासनिक गतिविधिमा कुनै अवरोध नआउने बताएका छन्।












