काठमाडौँ । नेपाल पत्रकार महासंघको चौथो पूर्ण बैठकका क्रममा हेटौँडामा पत्रकार महिलामाथि यौन हिंसाजन्य दुर्व्यवहार गर्ने प्रतिवादी बिकास बञ्जाडे पक्राउ परेका छन् । अभियुक्त सोमबार साँझ हेटौडास्थित एक अस्पताल परिसरबाट पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका इन्फेक्टर उमाशंकर गुप्ताका अनुसार आइतबार प्रतिवादीबिरुद्ध पक्राउ पूर्जी जारी गरिएको थियो । अभियुक्त बञ्जाडेबिरुद्ध २ दिन म्याद थप गरि अनुसन्धान गरिने इन्फेक्टर गुप्ताले जानकारी गराए । पीडित महिलाले आइतबार अभद्र ब्यवहार सम्बन्धी कसुरमा जिल्ला प्रहरी कार्यालय हेटौडामा जाहेरी दरखास्त दिएकी थिइन् ।

पत्रकार महासंघको केन्द्रीय सदस्य विकास प्रसाद बञ्जाडेले मदिराले लठ्ठिएर चैत्र २८ गते साँझ महिला संचारकर्मी समेत रहेकी केन्द्रिय सदस्यलाई संवेदनशिल अंगमा हात लगाउनेदेखि चरम दुर्व्यवहार गरेको पीडितको आरोप छ । बञ्जाडेले यस अघि पनि गत असारमा पोखरामा सम्पन्न केन्द्रिय समितिको बैठकमा समेत छुन खोज्ने, ‘चेली’ भन्दै नजिक हुन खोजेको पीडितले बताएकी छन् ।

अभियुक्तलाई प्रचलित कानुन अनुसार कारवाही हुनु पर्ने पीडित महिलाको माग छ । अभियुक्त बञ्जाडे नेपाल टेलिभिजनबाट कपिलवस्तुबाट रिपोर्टर तथा प्रेस चौतारीका नेता समेत हुन् । यसअघि बञ्जाडेलाई नेपाल पत्रकार महासंघले केन्द्रिय सदस्य पदबाट निलम्बन गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय