
काठमाडौँ, वैशाख ११-काठमाडौँ महानगरपालिकाले थापाथलीस्थित सुकुम्बासी बस्ती खाली गराउन औपचारिक सूचना जारी गरेको छ। महानगर प्रहरी बलले वैशाख १२ गते बिहान ६ बजेदेखि बस्ती खाली गरिने जनाउँदै माइकिङमार्फत स्थानीयलाई स्थान छाड्न आग्रह गरेको हो।
बिहीबार साँझ नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको भ्यानसहित बस्ती पुगेको महानगरको टोलीले उक्त सूचना प्रसारण गरेको थियो। महानगरले निर्धारित समयभित्र बस्ती खाली गर्न सबैलाई अनुरोध गरेको जनाएको छ।













