काठमाडौँ । तामाङ साङ्गितिक क्षेत्रमा पृथक पहिचान बनाएका शब्दकार धनराज लामाको ४९औँ शब्द रचनामा आधारित तामाङ सेलो ठट्यौली दोहोरी गीत ‘ङाला मायासे एदा थुर्साम’ सार्वजनिक हुने भएको छ। उक्त गीत चेतन लामाको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गर्न लागिएको हो।

गीतमा शब्द रचना धनराज लामाको रहेको छ भने सङ्गीत चेतन लामाले तयार पारेका हुन्। सङ्गीत संयोजन सानुबाबु घिसिङको रहेको छ। रोशन लामाको निर्माणमा बनेको यस गीतमा स्वर पनि रोशन लामाले नै दिएका छन् भने महिला स्वरमा चर्चित गायिका सुमिना लोको साथ रहेको छ।

त्यस्तै, गीतको ध्वनि मिश्रण सानुबाबु घिसिङले नै गरेका हुन्। बौद्धस्थित फ्याफुल्ला डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको छ ।

गीतको कथावस्तु अनुसार, विगतको प्रेम सम्बन्धमा रहेका युवक–युवती वर्षौँपछि पुनः भेट हुँदा मायाका भावनाहरू साटासाट हुन्छन्। अन्त्यतिर केटी पात्रले केटाभन्दा बढी विश्वास प्रकट गर्दै ‘झुटो कसम नखाउ, म तिम्रो जीवनभरको सहारा बन्छु’ भन्ने सन्देश दिन खोजिएको छ।

गीतले प्रेम, विश्वास र भावनात्मक सम्बन्धलाई मार्मिक ढंगले प्रस्तुत गरेको निर्माण पक्षले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय