काठमाडौं, वैशाख १२ — थापाथलीस्थित बागमती नदी किनारमा रहेको सुकुम्बासी बस्ती प्रशासनले खाली गराएको छ। बिहानैदेखि खटिएको सुरक्षाकर्मीको उपस्थितिमा बस्ती हटाउने काम सम्पन्न गरिएको हो।

बस्ती हटाइएपछि घरबारविहीन बनेका परिवारहरूलाई अस्थायी रूपमा दशरथ रंगशालामा स्थानान्तरण गरिएको प्रशासनले जनाएको छ। प्रभावितहरूले आफ्ना सामान संकलन गर्ने क्रम केही समयसम्म जारी रहेको थियो। यद्यपि, विस्थापित स्थानीयहरूले वैकल्पिक बसोबासको दीर्घकालीन व्यवस्था गर्न माग गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय