धनकुटा ।निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय हिलेले आज केन्द्र प्रमुख कार्यशालागोष्ठी सम्पन्न गरेको खानेपानी महिला समूह केन्द्र नं  ३१ का केन्द्र अध्यक्ष दिलकुमारी राईको अध्यक्षतामाभएको कार्यक्रम धनकुटा नगरपालिका वडा नं का वडा अध्यक्ष ओङ्द तामाङको प्रमुख आतिथ्यमा सम्पन्नभएको हो

कार्यक्रममा बोल्दै वडा अध्यक्ष तामाङले निम्न आर्थिक अवस्था भएका तथा कर्जा तिर्न समस्या भएका नागरिककालागि विशेष सहुलियत सेवाको व्यवस्था गर्न आवश्यक रहेको बताउनुभयो उहाँले निर्धन उत्थान लघुवित्तलेहिले क्षेत्रमा हालसम्म उत्कृष्ट सेवा प्रदान गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी सेवा विस्तारगर्दै जान शुभकामना व्यक्त गर्नुभयो

त्यस्तै, हिले शाखा प्रमुख खगेन्द्र फुयालले संस्थाको प्रगति विवरण प्रस्तुत गर्दै हालसम्म १५ करोड रुपैयाँ लगानीतथा १० करोड रुपैयाँ बचत संकलन भएको जानकारी दिनुभयो धनकुटा नगरपालिका, पाख्रीबास नगरपालिका छथर जोरपाटी गाउँपालिकाका १५० वटा केन्द्रमार्फत ८५० जनाले कर्जा सुविधा लिएको उहाँले बताउनुभयो

सोही अवसरमा पाख्रीबास नगरपालिका की सदस्य लक्ष्मीमाया मगरका श्रीमान् दिलबहादुर मगरकोअसामयिक निधन भएको हुँदा उहाँलाई लाख ९० हजार रुपैयाँ बीमा रकम हस्तान्तरण गरिएको थियो साथैदैवीप्रकोपअन्तर्गत आगलागी पीडित डिककुमारी श्रेष्ठलाई हजार रुपैयाँ नगद सहयोग प्रदान गरिएको थियो

कार्यक्रममा संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत सुत्केरी भत्ता, गम्भीर रोग उपचार सहयोग, उत्कृष्ट जेहेन्दारविद्यार्थीलाई छात्रवृत्ति लगायतका सेवा प्रदान गर्दै आएको जानकारी समेत गराइएको थियो साथै कृषि, सिँचाइ, आकस्मिक, शैक्षिक, वैदेशिक रोजगार, व्यक्तिगत तथा लघु उद्यम क्षेत्रमा बिना धितो लाखदेखि लाखरुपैयाँसम्म तथा धितो राखी १५ लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराउँदै आएको शाखाले जनाएको

संस्थाका क्षेत्रीय प्रमुख कल्याण बाबु कार्कीले सहभागीहरूले उठाएका कर्जा, बचत तथा सामाजिकउत्तरदायित्वसम्बन्धी जिज्ञासाको जवाफ दिँदै संस्था सहज सरल रूपमा सेवा दिन प्रतिबद्ध रहेको बताउनुभयो उहाँले संस्थाबाट लिएको ऋण सही क्षेत्रमा सदुपयोग गरी समयमै भुक्तानी गर्न तथा आर्थिक अनुशासन कायमगर्न सबै केन्द्र प्रमुखलाई आग्रह गर्नुभयो आर्थिक अनुशासन पालना भए वित्तीय संस्थामाथि लाग्ने विभिन्नआरोपसमेत हट्ने उहाँको भनाइ थियो

कार्यक्रममा हिले प्रहरी चौकी प्रमुख चिरञ्जीवी खड्काले बढ्दो अनलाइन ठगीप्रति सबै सचेत हुनुपर्ने बताउँदैऋणको दुरुपयोग नगरी उत्पादनशील क्षेत्रमा लगानी गर्न समयमा ऋण चुक्ता गर्न आग्रह गर्नुभयो

यस्तै, पाख्रीबास नगरपालिका वडा नं की वडा अध्यक्ष सम्झना आलेले लघुवित्त संस्थाले महिलालाई आत्मनिर्भरबनाउनुका साथै नेतृत्व विकासमा महत्वपूर्ण योगदान पुर्याझएको बताउनुभयो उहाँले स्थानीय सरकारसँगसहकार्य गरी महिलाका लागि विभिन्न सीप तथा क्षमता अभिवृद्धि तालिम सञ्चालन गर्न आवश्यक रहेको धारणाराख्नुभयो

कार्यक्रममा वार्षिक मूल्यांकनअन्तर्गत अनुशासित रूपमा कर्जा तथा बचत सञ्चालन गर्ने उत्कृष्ट समूहहरूलाईसम्मान गरिएको थियो उत्कृष्ट प्रथम चापे महिला समूह, द्वितीय मार्गदेवी महिला समूह, तृतीय धर्मशाला महिलासमूह तथा सान्त्वना किन्ताङ महिला समूहलाई सम्मानपत्र प्रदान गरिएको थियो

कार्यक्रममा सञ्चारकर्मी, संस्थाका विभिन्न केन्द्रका अध्यक्ष तथा सदस्यहरूको उपस्थिति रहेको थियो कार्यक्रमको सञ्चालन लेखापाल भीमबहादुर श्रेष्ठले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय