धनकुटा । जिल्ला अस्पताल धनकुटाको ११२ औं वार्षिकोत्सव विविध कार्यक्रम गर्दै सम्पन्न भएको छ।

जिल्ला समन्वय समिति धनकुटाका प्रमुख तथा अस्पताल व्यवस्थापन समिति अध्यक्ष निरेन तामाङको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय इन्द्रमणी पराजुली प्रमुख अतिथि रहनुभएको थियोे ।
अस्पतालका प्रमुख डा। सन्तोष राईले वार्षिक गतिविधि समेटिएको कार्यक्रममा प्रतिवेदन प्रस्तुत गरेका थिए।

सोहि अवसरमा अस्पतालको विकास र सेवामा योगदान पुर्‍याएका पूर्व अध्यक्षहरू—गोपाल गुरागाईं, नारायण प्रसाद रिजाल, नरेन्द्र प्रसाद पोखरेल, टंक बहादुर चुवान र सुनिल डंगाेललाई सम्मान गरिएको थियो। साथै उत्कृष्ट सेवा प्रदान गर्ने कर्मचारीहरूलाई समेत पुरस्कृत गरिएको थियो।

वक्ताहरूले ११२ वर्ष लामो इतिहास बोकेको अस्पतालले जिल्लाको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै आगामी दिनमा सेवा अझ प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए।

अस्पताल प्रशासनले आफ्नो यात्रामा साथ दिने सम्पूर्ण कर्मचारी, सेवाग्राही तथा सहयोगीहरूप्रति आभार व्यक्त गर्दै भविष्यमा स्वास्थ्य सेवालाई अझ गुणस्तरीय बनाउने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय