धनकुटा — धनकुटा जिल्लाको धनकुटा नगरपालिका १ हिलेमा अवस्थित त्रिभुवन युनिभर्सिटी बाट सम्बन्धन प्राप्त हिले क्याम्पसलाई २ रोपनी जग्गा स्थानिय समाजसेवि पेमा कुमारी लामाले निशुल्क हस्तान्तरण गरिएको छ। क्याम्पसको भौतिक विकासका लागि पेमा कुमारी लामाले आफ्ना स्वर्गीय पति कृष्ण तितुङको स्मृतिमा प्रदान गर्नुभएको हो।
क्याम्पस व्यवस्थापन समितिको बैठकमार्फत उक्त जग्गा औपचारिक रूपमा क्याम्पसको नाममा हस्तान्तरण गरिएको हो। बैठकको अध्यक्षता समितिका अध्यक्ष चिन्तन तामाङले गर्नुभएको थियो। कार्यक्रममा उपाध्यक्ष भुपेन्द्र कट्टुवाल ,वडा अध्यक्ष ओङद तामाङ , उमेश घिमिरे , लालचन गोङ्वा लगायतको उपस्थिति रहेको थियो।
वि.सं. २०६७ साल साउन २० गते सम्बन्धन प्राप्त गरेको हिले क्याम्पस २०६८ सालदेखि सञ्चालनमा आएको हो। पछिल्लो समय क्याम्पसमा डिजिटल कक्षाकोठा र आधुनिक फर्निचरको व्यवस्था गरिएको भए पनि आफ्नै जग्गा नहुँदा युनिभर्सिटी ग्रानट कमिङसुन नेपाल University Grants Commission Nepal बाट प्राप्त हुने भौतिक पूर्वाधार निर्माणका योजनामा अवरोध भइरहेको थियो। यस जग्गा हस्तान्तरणसँगै अब क्याम्पसको दीर्घकालीन भौतिक विकासको बाटो खुलेको छ।
यसैबीच, सोही कार्यक्रममा क्याम्पस प्रमुख प्रदिप फुयाल ले आफ्नो एमफिल अध्ययन सफलतापूर्वक सम्पन्न गरेको जानकारी गराउँदै अनुसन्धान प्रतिवेदन व्यवस्थापन समितिलाई बुझाउनुभएको छ। सहभागीहरूले क्याम्पसका प्राध्यापकहरू उच्च शिक्षातर्फ सक्रिय रहनु सकारात्मक संकेत भएको बताएका छन्।













