
ललितपुर, जेठ १२ – ललितपुरका नवनियुक्त प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेसँग ललितपुरका पत्रकारहरूको भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
भेटघाट कार्यक्रममा ललितपुर जिल्लाको समसामयिक अवस्था, प्रशासनिक गतिविधि तथा जिल्लासँग सम्बन्धित विभिन्न विषयमा छलफल गरिएको थियो। कार्यक्रममा सहभागी पत्रकारहरूले जिल्लाका विभिन्न जनचासोका विषय, चुनौती तथा सुझावहरू प्रस्तुत गरेका थिए।
यस अवसरमा पत्रकारहरूले नवनियुक्त प्रमुख जिल्ला अधिकारी घिमिरेलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए। प्रमुख जिल्ला अधिकारी घिमिरेले पनि जिल्लाको विकास, सुशासन र प्रभावकारी सेवा प्रवाहका लागि सबै पक्षसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।












