काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सरकारी कर्मचारीको तलबमा १० प्रतिशत वृद्धि गर्ने घोषणा गरेको छ। अर्थमन्त्रीले संघीय संसद्मा बजेट प्रस्तुत गर्दै कर्मचारीको मनोबल उच्च बनाउने तथा बढ्दो महँगीलाई मध्यनजर गर्दै तलब वृद्धि गरिएको बताएका हुन्।
नयाँ व्यवस्था अनुसार मुख्य सचिवदेखि कार्यालय सहयोगीसम्म सबै तहका कर्मचारीको आधारभूत तलबमा वृद्धि भएको छ। तलबसँगै १० प्रतिशत प्रोत्साहन भत्ता र मासिक महँगी भत्ता समेत समावेश गरिएको छ।
नयाँ तलब संरचना अनुसार:
–मुख्य सचिव ले अब मासिक करिब ९८ हजार ५२५ रुपैयाँ पाउनेछन्।
-सचिव को तलब करिब ९२ हजार २९१ रुपैयाँ पुगेको छ।
-सहसचिव ले करिब ७३ हजार ७२३ रुपैयाँ प्राप्त गर्नेछन्।
-उपसचिव को तलब करिब ६० हजार ३४२ रुपैयाँ कायम गरिएको छ।
-शाखा अधिकृत ले अब करिब ५७ हजार ६५४ रुपैयाँ पाउनेछन्।
-नायब सुब्बा को तलब करिब ४६ हजार ९०२ रुपैयाँ पुगेको छ।
-खरिदार को तलब करिब ४४ हजार ६९० रुपैयाँ कायम गरिएको छ।
-कार्यालय सहयोगी ले मासिक करिब ३८ हजार ४५० रुपैयाँ पाउने व्यवस्था गरिएको छ।
सरकारले कर्मचारीको सेवा–सुविधा सुधारसँगै सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्य राखेको जनाएको छ। यद्यपि बढेको तलबले महँगी नियन्त्रण र आर्थिक भार व्यवस्थापनमा कस्तो प्रभाव पार्छ भन्ने विषयमा अर्थविद्हरूले मिश्रित प्रतिक्रिया दिएका छन्।
सरकारको यो निर्णयसँगै कर्मचारी वृत्तमा उत्साह देखिएको छ भने निजी क्षेत्रका कर्मचारीबीच समेत तलब समायोजनको बहस सुरु भएको छ।












