नुवाकोट: नुवाकोटको म्यागङ गाउँपालिका अन्तर्गत पर्ने देउराली–किम्ताङ सडकको अवस्था अत्यन्तै जीर्ण बनेको भन्दै स्थानीयवासीले म्यागङ गाउँपालिका, प्रदेश सरकार तथा संघीय सरकार यस सडकप्रति गम्भीर नभएको गुनासो गरेका छन्।

धादिङ जिल्लासँग जोड्ने यस सडकमध्ये त्रिशूलीदेखि सडक अत्यन्तै जीर्ण रहेको स्थानीयको भनाइ छ। वर्षायाममा सडक हिलाम्मे हुने र सवारी सञ्चालन गर्न कठिन हुने गरेको छ भने हिउँद तथा गर्मी याममा अत्यधिक धुलो उड्ने समस्याले स्थानीय बासिन्दा र यात्रुहरूलाई सास्ती हुने गरेको छ।

स्थानीयका अनुसार आपतकालीन अवस्थामा एम्बुलेन्समार्फत बिरामीलाई अस्पताल पुर्‍याउन करिब १५ किलोमिटर सडक पार गर्नसमेत एक घण्टासम्म लाग्ने गरेको छ, जसका कारण बिरामीको उपचारमा ढिलाइ हुने र ज्यानसमेत जोखिममा पर्ने अवस्था रहेको छ।

स्थानीयले पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराए पनि सडकको मर्मत तथा स्तरोन्नतिमा प्रभावकारी पहल नभएको गुनासो गरेका छन्। उनीहरूले म्यागङ गाउँपालिका, प्रदेश सरकार तथा संघीय सरकारसँग देउराली–किम्ताङ सडकको तत्काल मर्मत, स्तरोन्नति तथा दीर्घकालीन सुधारका लागि आवश्यक बजेट विनियोजन गरी काम अघि बढाउन माग गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय