दोलखा, साउन – शैलुङ गाउँपालिकाले आफ्नो प्रमुख पर्यटकीय गन्तव्य शैलुङ डाँडा क्षेत्रमा अनधिकृत रूपमा निर्माण गरिएका अस्थायी टहरा तथा पसल हटाउन १५ दिने सार्वजनिक सूचना जारी गरेको छ।

गाउँपालिकाले जारी गरेको सूचना अनुसार शैलुङ डाँडा तथा कालापानी–शैलुङ मिनी ग्रेटवाल क्षेत्रमा केही समययता अनुमति बिना अस्थायी टहरा निर्माण गरी व्यापार सञ्चालन भइरहेको पाइएको छ। यसले शैलुङ डाँडाको प्राकृतिक सौन्दर्य, सरसफाइ तथा फोहोरमैला व्यवस्थापनमा नकारात्मक असर परेको गाउँपालिकाको भनाइ छ।

सूचनामा कालापानी–शैलुङ मिनी ग्रेटवालदेखि शैलुङ डाँडासम्म कुनै पनि स्थायी वा अस्थायी संरचना निर्माण तथा सञ्चालन गर्न नपाइने नीति रहेको उल्लेख गर्दै हाल सञ्चालनमा रहेका अस्थायी टहरा र पसलहरू सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र हटाउन सम्बन्धित सबैलाई आग्रह गरिएको छ।

गाउँपालिकाले तोकिएको अवधिभित्र टहरा तथा पसल नहटाए प्रचलित कानुनबमोजिम आवश्यक कारबाही गरिने चेतावनी पनि दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय