धनकुटा, ।पाख्रीबास नगरपालिका–९ उत्तरपानीका श्यामबहादुर योञ्जन तामाङले विगत एक दशकदेखि सञ्चालन गर्दैआउनुभएको व्यावसायिक बंगुरपालन व्यवसायले राम्रो आम्दानी दिइरहेको भए पनि बजारको अनिश्चितता रमहँगो दानाका कारण व्यवसाय सञ्चालनमा चुनौती थपिएको छ।
सुरुवातमा परम्परागत बाँसको खोरमा बंगुर पाल्दै आउनुभएका तामाङले जिल्ला पशु विकास कार्यालय बाट रु १लाख अनुदान पाए पछि बंगुर व्यवसाय गर्ने हाैसला मिलेको थियोे । उहाँलाई पशु विकास कार्यलयका प्राविधिकको थप सुझावपछि २०७२ सालमा श्याम बंगुरपालन उद्योग दर्ता गरी आधुनिक ढंगबाट व्यवसायसञ्चालन गर्नुभएको हो।

उहाँकी श्रीमती रामज्वती योञ्जनसँगै बंगुरपालनमा सक्रिय रहनुभएका तामाङले प्रदेश सरकारबाट पाँच लाखरुपैयाँ अनुदान स्वीकृत भएपछि १० वटा आधुनिक खोर निर्माण गर्नुभएको थियो। तर कोरोना महामारीका कारणलकडाउन भएको समयमा अनुदान रकममध्ये चार लाख रुपैयाँ मात्र प्राप्त भएको उहाँले बताउनुभयो।
हाल उहाँले १० वटा माउ बंगुरबाट पाठापाठी उत्पादन गर्दै वार्षिक करिब पाँच लाख रुपैयाँ आम्दानी गर्दैआउनुभएको छ। तर बंगुर दानाको मूल्य लगातार बढ्नु, बंगुरको उचित बजार मूल्य नपाइनु र मूल्यमा हुनेउतारचढावका कारण व्यवसाय सञ्चालन गर्न कठिनाइ भइरहेको उहाँको भनाइ छ।
एक वर्ष घाटा भए पनि अर्को वर्ष राम्रो मूल्य पाइएला भन्ने आशामा व्यवसायलाई निरन्तरता दिइरहेको उहाँलेबताउनुभयो। व्यावसायिक किसानहरूले उत्पादनको उचित मूल्य, सुलभ दाना र स्थिर बजार व्यवस्थापनका लागिसरकारले सहयोग गरे व्यवसाय सञ्चालन गर्न सहज हुने बताएका छन्।












